काठमाण्डौ । लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुविधा प्रदान गर्ने उद्देश्यसहित भेरफाइड बाई भिजा(भीबीभी)–थ्रीडी सेक्योर सर्भिसबाट सुनिश्चितता प्रदान गरिएकोे भिसा डेबिट कार्डहरु ल्याएको छ। 

यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबार हुनबाट जोगाउने बैंकको दाबी छ । 

एक पटक रजिस्टर्ड गरेपछि भिजा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाइन इकमर्सको कारोवार गर्न सक्नेछन् । 

संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिटकार्ड प्रयोगकर्ताले सजिलै र अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्नसक्ने बताइएको छ । अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।

भारतको इजिलियन्ट टेक्नोलोजीज प्रालिको प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको बैंकले प्रष्ट्याएको छ ।