काठमाण्डौ । नेपालका लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिलाई ‘एक्सिलेन्स सेल्स’ अवार्ड २०१५ प्रदान गरिएको छ । 

अघिल्लो साता न्यूजील्यान्डको अकल्याण्डमा आयोजित एसिया प्यासिफिक हुण्डाई डिलर कन्भेन्सन २०१५ मा सो अवार्ड प्रदान गरिएको हो । 

बिक्री परिमाण, वृद्धिदर र बजार हिस्साका आधारमा लक्ष्मी इन्टरकन्टीनेन्टललाई सो अवार्ड प्रदान गरिएको बताइएको छ । 

विश्वभर लोकप्रिय हुण्डाई गाडी विश्वका ५ ठूला गाडी निर्माता मध्येमा पर्दछ । हुण्डाईका गाडीहरु उत्कृष्ट क्वालिटी, न्यूनतम मेन्टेनेन्स खर्च तथा सुरक्षाका दृष्टिकोणको आधरमा विश्वप्रख्यात छन् । सन् २०१५ मा हुण्डाईले विश्वभर ४९ लाख ६४ हजार ८ सय ३७ वटा गाडी बिक्री गर्न सफल भएको थियो ।

नेपालमा हुण्डाई, पेसेन्जर भेईकल बिक्रीमा अग्रपंक्तिमा छ । लक्ष्मी हुण्डाईले आफ्नो गा्रहकहरुको सुबिधाका लागि देशको प्राय मुख्य शहरहरुमा अत्याधुनिक सर्भिस सेन्टर स्थापना गरेको छ ।