काठमाण्डौ । लक्ष्मी बैंक र सिभिल बैंक लिमिटेडको आज आइतबार वार्षिक साधारणसभा हुँदैछ । लक्ष्मी बैंकको १९ औँ र सिभिल बैंकको नवौँ वार्षिक साधारणसभा हुन लागेको हो ।

लक्ष्मी बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी बैंकको सञ्चालक समितिले प्रस्तावको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

बैंकले चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार ६४२ रुपैयाँको १० प्रतिशतले हुन आउने ८९ करोड २० लाख ५० हजार ८६४.२ रुपैयाँबराबरको ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 

यसैगरी सिभिल बैंकको वार्षिक साधारणसभाले सभामा मुख्य अजेन्डाका रुपमा मर्जर प्रक्रिया सुरु गर्ने प्रस्ताव पारित हुनेछ ।

सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने गाभिन वा प्राप्ति गर्ने विषयमा सभामा छलफल हुनेछ।

त्यस्तै स्वदेशी तथा विदेशी रणनीतिक साझेदारी जान आवश्यक सहमति र सम्झौता गर्नेलगायतका प्रचलित नियम, कानुनअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय सभाले पारित गर्नेछ ।

सभामा अर्को मुख्य अजेन्डाका रुपमा राखिने गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको ६.५७ प्रतिशतबराबरको नगद लाभांश पनि पारित हुनेछ।