काठमाण्डौ । लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई केही नयाँ सेवा सुविधासहित वार्षिक ७ प्रतिशत ब्याजदरमा ग्राहक समक्ष प्रस्तुत गरेको छ ।

जुन बजारमा कायम ब्याजदरहरुमा अधिकतममध्ये हो । यस बचतका खाताका ग्राहकहरुले रु ५ लाखको न्युनतम मौज्दात कायम राखी कुनै थप सेवाशुल्कबिना नै रु १० लाख बराबरको बिमा सुविधा र अन्य बैंकिङ्ग सुविधामा छुट पाउने व्यवस्था रहेको छ । साथै, न्युनतम मौज्दात भन्दा माथि भएको मौज्दात रकमलाई ग्राहकले बैंकको उच्चतम व्याजदरमा अन पिmक्स्ड डिपोजीट खोल्न मिल्ने व्यवस्था समेत गरिएको छ ।

यसका अतिरिक्त लक्ष्मी बैंकले आफ्नो अन्य वचतखाताहरुमा पनि ब्याज पुनरावलोकन गरि व्याजदर बृद्वि गरी साधारण वचत खातामा ५% र बिशेष वचतखाताहरुमा ६% सम्म व्याज दिने घोषणा गरेको छ ।