काठमाण्डौ । यस वर्ष आयोजना भइरहेको युरो कप २०२१ को सुरुआतसँगै फुटबलका फ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणमा समेत यसको उमङ छाएको देख्न सकिन्छ। 

यो उमंगमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफटसँग मिली मोबाइल मनी–प्रेडिक्ट एन्ड विन !’ योजना सञ्चालनमा ल्याएको छ। यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखि सुरुआत भई युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ। 

यस योजनामा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनेछन्। 

यो योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्दछ। मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्नेछन्। 

मोबाइल मनीको ‘फोन–पे डाइरेक्ट’ वा अन्तरबैंक नगद ट्रान्सफरबाट नगद ट्रान्ससफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ। यति गरेपछि नै यस योजनामा सहभागी हुन सकिने बैंकले जनाएको छ। 

यो योजनाको अवधिपछि युरो कपको विजेता देशको सही अनुमान गर्ने ग्राहकहरुमध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिने बैंकले जनाएको छ। विजेता ग्राहकहरुले १ वर्षको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनेछन्। ‘जति धेरै पटक नगद ट्रान्स्फर गर्नुहुन्छ, त्यति नै धेरै जित्ने मौका पाउनुहुनेछ’, बैंकले भनेको छ।