काठमाण्डौ । गत आर्थिक वर्षको नगद लाभांशका लागि लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको इकाइमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज यो म्युचुअल फन्डको इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ १२.६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबारमा यो फन्डको प्रतिइकाइ १५.१२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो फन्डको इकाइ कारोबारमा आउनेछ।

कोष प्रवर्द्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिट मार्केट रहेको यो फन्डले इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

लाभांश प्रयोजनार्थ लक्ष्मी क्यापिटलले आज साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो साउन १२ गतेसम्म कायम इकाइधनीहरु यो फन्डको नगद लाभांश पाउन योग्य भएका छन्।