काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ६९ करोड ५६ लाख ८९ हजार ८६२ रुपैयाँको कुल ११.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।