काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट जिल्लाको बट्टार र धादिङ जिल्लाको महादेववेशी शाखामा आबद्ध ग्राहक सदस्यहरुलाई क्रमश व्यावसायिक कुखुरापालन र उन्नत तरकारी खेती तालिम प्रदान गरेको छ। 

गत जेठ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ७३ जना ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। तालिमको माध्यमबाट ग्राहक सदस्यको सीप र क्षमता अभिवृद्धि गरी कर्जाको उपयोग व्यावसायिक उत्पादनशील क्षेत्रहरुमा मात्र प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो। तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत (कृषि विशेषज्ञ) ओमप्रकाश भुसालले गरेका थिए। 

लक्ष्मी लघुवित्तले कर्जा, बचतबाहेक लघुबीमा, विप्रेषण, ट्याबलेट बैंकिङ, ई–सेवा, कनेक्ट आईपीएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधासँगै महिला ग्राहक सदस्यलाई उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।