काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौ जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ।

तालिम जेठ २८ र २९ गते गरी २ दिन सम्म सञ्चालन भएको थियो। तालिममा व्यवसायउन्मुख २५ जना ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। 

तालिमको उद्घाटन कार्यक्रममा संस्थाका नायव महाप्रबन्धक सुन्दरप्रसाद श्रेष्ठले तालिमलाई तालिममा मात्र सीमित नराखी आफ्नो सीप र क्षमतालाई व्यवहारमा उतार्दै सफल उद्यमी बनी अन्य सदस्यहरुलाई पनि उद्यमशिलताप्रति प्ररेणाको स्रोत बन्नुपर्ने बताए। 

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुबीमा, विप्रेषण, ट्यावलेट बैंकिङ, ई–सेवा, कनेक्ट आईपीएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधासँगै महिलालाई उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।