काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मोरङ जिल्लाको दाम्राभिट्टा शाखाले आफ्ना ग्राहक सदस्यलाई बेमौसमी तरकारी खेती प्रदान गरेको छ। 

भदौ २५ र २५ गते २ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ३७ जना ग्राहक सदस्य सहभागी भएका थिए।

तालिम उद्घाटन कार्यक्रममा रतुवामाई नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुण्यबहादुर कार्कीले तालिमबाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पुर्याई आत्मनिर्भर र व्यावसायिकतातर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थीलाई हौसला प्रदान गरेका थिए। 

तालिमको सहजीकरण रतुवामाई नगरपालिकाअन्तर्गतका कृषि प्राविधिकहरु तारा देव राई, सन्जु तामाङ र पर्शुराम मण्डलले गरेका थिए। 

लक्ष्मी लघुवित्तले कर्जा, बचतबाहेक लघुबीमा, विप्रेषण, ट्याबलेट बैंकिङ, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाइल पैसा सुविधासँगै महिलालाई उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।