काठमाण्डौ । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी एक समारोहबीच सम्झौता सम्पन्न भएको छ।
समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख सञ्चालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका छन्।
लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सापकोटाले मर्चेन्ट बैंकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले यो सम्झौता अन्य परियोजनाहरुका लागिसमेत कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
संयुक्त राज्य अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन् २०१४ देखि नेपालमा ४०० भन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ। कम्पनीले सौर्य ऊर्जासँगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार ७८२ युनिट स्वच्छ विद्युत उत्पादन गरिसकेकोे छ।
12 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago