काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ। मर्जर प्रयोजनका लागि मूल्यांनकर्ताले तयार गरेको बैंकको चल तथा अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनबमोजिम सिफारिस गरिएको १ः१ सेयर स्वाप रेसियो पनि सभाले अनुमोदन गर्नेछ।
मर्जर सम्बन्धमा गरिने अन्तिम सम्झौतापत्र तथा अन्य सम्बद्ध सम्झौताहरुको सभाले अनुमोदन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गर्नेछ। मर्जरपश्चात परिवर्तन हुने सेयर पुँजीअनुकूल बैंकको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
मर्जरपश्चात बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ रहने र प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयविक्रम शाह हुने सहमति भएको छ।
विशेष साधारणसभा प्रयोजनार्थ बैंकले जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २५ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन योग्य हुनेछन्।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago