काठमाण्डौ । लक्ष्मी बैंकले हालै नर्भिक प्रिभिलेज डेविड कार्ड प्रस्तुत गरेको छ । 

विद्यमान खातावालाहरुले आफ्नो कार्डलाई बैंकले तोकेको न्यूनतम रु. ५००० मौज्दात कायम गरी उक्त प्रिभिलेज कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकमा खाता नभएका ग्राहकहरुले लक्ष्मी बैंककमा खाता खोली रु २५० माग्रिन इ–बैंकिङ्ग प्याकेजको सुविधासहित सम्पूर्ण इ–बैंकिङ्ग सुविधाको साथ प्रिभिलेज कार्ड पनि प्राप्त गर्न सक्नेछन् ।

प्रिभिलेज कार्ड बाहकहरुलाई नर्भिक हस्पिटले आफ्ना हेल्थ प्याकेजहरुमा, रेडियोलोजी, प्याथलोजी, सर्जरी, नन् इन्भासिभ कार्डियोलोजी, सिटि-एम आर आइ एवं म्यामोग्राम परीक्षण तथा वेड शुल्कमा छुटको व्यवस्था मिलाएको छ । 

उक्तको कार्ड अत्याधुनिक एमआरआई तथा सिटी स्क्यान मेसिनको समुद्घाटन समारोहमा हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरी तथा लक्ष्मी बैंकका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङ्गले सामुहिक रुपमा प्रस्तुत गरेका थिए । यससँगै हस्पिटलको सम्पूर्ण उपचार सेवा न्यूक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत भएका छन् ।