काठमाण्डौ । लक्ष्मी बैंकले “लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट” मानिंदै आएको ब्याजदरलाई बढाई १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । 

लक्ष्मी बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना रहेको बैंकले जनाएको छ । 

यो “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकहरुले न्यूनतम रु. ५०० देखि जम्मा गर्नसक्ने बैंकले जनाएको छ । 

ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि गरेको रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।

यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्था वा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्पमध्ये एक विकल्पलाई छनौट गर्न पनि सक्ने बताइएको छ ।  

साथै लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्नेछन् । लक्ष्मी बैंकका नेपाल अधिराज्यभर रहेका ७८ शाखाहरुबाट यो खाता सहजै रुपमा खोल्न सकिनेछ ।