काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ८.५० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

बैंकको बुधबार बसेको २१० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

लापरबाही
बैंकले लाभांश सम्बन्धी सूचना प्रकाशन गर्दा लापरबाही गरेको देखिएको छ। 

सूचनामा कुन आर्थिक वर्षका लागि लाभांश घोषणा गरिएको हो भन्ने कुरा खुलाइएको छैन । 

सूचिकरण नियमावलीमा भएको व्यवस्था अनुसार संचालक समितिको बैठक कति बजे बसेको हो भन्ने कुरा पनि खुलाइएको छैन । 

यो बैंकले नेप्सेले यसअघि सबै बैंक तथा बित्तीय संस्थालाई सूचिकरण नियमावलीको व्यवस्था कार्यान्वयनका लागि पठाएको निर्देशनको समेत ठाडो उल्लंघन गरेको देखिन्छ ।