काठमाण्डो । लक्ष्मी बैंक लिमिटेडले निकट भविष्यमा जारी गर्न लागेको १०% लक्ष्मी बैंक डिबेञ्चर, २०८६ को निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

सोमबार एक कार्यक्रममा दुवै कम्पनीबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सो ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको लक्ष्मी बैंकले जनाएको छ ।

लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल रु २ अर्बको ऋणपत्र निश्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको रु ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ ।