काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले एशियन लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसी बिक्री गर्ने भएको छ ।

यो विषयमा बैशाख १५ गते एक सम्झौता भएको छ । सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र लक्ष्मी बैंंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले एक कार्यक्रमका बीच हस्ताक्षर गरे।

यो सम्झौतासँगै लक्ष्मी बैंकका १०१ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ।