काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेडले देशभर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरू तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।

सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाह र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।