काठमाण्डौ । लक्ष्मी बैंकले Ctrl O नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ ।

एफवान सफ्टसँगको सहकार्यमा संचालित यो योजना अन्तरगत हाल जारी आइसीसी क्रिकेट वल्र्डकप २०१९ को अवधिर Ctrl O मार्फत बचत खाता खोल्दा ग्राहकहरुले रु ५०० बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सक्नेछन् । 

ग्राहकले बैंकको वेबसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्ने र त्यसलाई आधिकारीकता दिन एकपटकका लागि बैंकको नजिकैको शाखामा जानुपर्ने हुन्छ । 

लक्ष्मी बैंकले कागजरहित बैंक खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ । 

वल्र्ड कप विशेष योजना वातावरणमैत्री बैकिङ प्रणाली अवलम्बन गर्नेतर्फ बैंकको एक अर्को कदम हो। यस योजनाले बातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।