काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १२ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमास विवरणअनुसार बैंकले १ अर्ब १५ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३३.४३ प्रतिशतले बढाउन सफल भएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार सन्तोषजनक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ६१ करोड ९५ लाख रुपैयाँले बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा १ अर्ब ६८ करोड रुपैयाँ थियो ।

त्यस्तै अघिल्लो वर्ष २ अर्ब १६ करोड ३१ लाख रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले २ अर्ब १६ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ।

बैंकले रिटेन अर्निङतर्फ १०३.९० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष ७६ करोड ७ लाख रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

बैंकले ७९ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब २२ करोड रुपैयाँ ऋण प्रवाह गरेको । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ६५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ८३ करोड ऋण प्रवाह गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी १७.६७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.२९ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.१८ प्रतिशतले घटेको देखाएको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो ११.३३ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.०१ प्रतिशत र सीडी रेसियो ७७.१३ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई १०.३१ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १४१.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.७९ गुणा कायम भएको छ ।