काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लामा थप दुई शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो ११८ औँ र ११९ औँ शाखा क्रमशः कपिलवस्तुको गोरुसिङे र पकडीमा सञ्चालनमा ल्याएकोे हो । यीे शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यी शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।