काठमाण्डौ । लक्ष्मी बैंकले आफ्ना सेयरधनीर्ला १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकको आइतबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयरर ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी बढेर ९ अर्ब ८१ करोड पुगेको छ । 

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । 

आ.व. २०७५/७६मा रु ८०.३२ अर्ब निक्षेप र रु ७७.८४अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १०६अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब५९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्थाअनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।