काठमाण्डौ । लक्ष्मी बैंकले अनफिक्स्ड डिपोजिटग (Unfixed Deposit) नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । 

ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताका लाभहरु जस्तै, तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरुमाझ ल्याइएको बैंकले जनाएको छ । 

अनफिक्स्ड डिपोजिट खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्सफरमार्पmत पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइराख्नुपर्ने वा आवेदन फारम भर्ने झञ्झट बिना नै उनीहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ ।

साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खातातर्पmबाट स्वचालित ढंगले प्रि–म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ, जसले गर्दा तपाईंको अनफिस्क्स्ड मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ ।

यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १०% मा उपलब्ध रहेको बताइएको छ । 

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यवसायिक सेवाको क्षेत्रमा काम गर्ने एक प्रमुख बैंक बन्ने सफलता प्राप्त गरेको छ ।

यो बैंकमा हाल ७ सय बढी कर्मचारी छन् र यसको सेवा ३६ जिल्लामा फैलिएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइलमनी) सेवा संचालन गरेको हो ।

यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४८ अर्ब १५ करोड निक्षेप संकलन गरी ४० अर्ब ३६ करोड कर्जा परिचालन गरेको थियो भने बैंकको वासलातको आकार ५५ अर्बको उचाईमा पुुगेको छ । यो अवधिमा बैंकले ११५ करोड संचालन मुनाफा आर्जन गरेको थियो । 

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवाप्रदानगर्ने सहायककम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ले सन् २०१२ को जुन महिनाबाट कारोबार शुरु गरी हाल ४० वटा शाखामार्फत सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले ‘लक्ष्मी भ्यालू फण्ड’ नामक म्यूचुअल फण्ड समेत संचालन गर्छ ।