काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संकटका कारण लक्ष्मी बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड रुपैयाँले ऋणात्मक देखिएको हो। 

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो खुद नाफा गत वर्ष यही अवधिसम्मको तुलनामा ५.८६ प्रतिशतले बढी हो। गत वर्ष बैंकको खुद नाफा १ अर्ब २ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्ममा पनि बैंकको सञ्चालन मुनाफा १ अर्ब ५२ करोड रुपैयाँ नै थियो। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

समीक्षा अवधिमा बैंकले ९७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ६१ करोड करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

बैंकको रिजर्भको आकार ५.४८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा २२ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म २४ अर्ब १ करोड रुपैयाँमा सीमित बनेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १४.८१ रुपैयाँ रहेको छ। बैंकको पीई रेसियो १३.५० गुणा रहेको छ।