काठमाण्डौ । लक्ष्मी बैंकले एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० का लागि ‘नेपालको अग्रणी साझेदार बैंक’ का रुपमा सम्मान प्राप्त गरेको छ। 

ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग २०१९ जुलाई १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेबापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच लक्ष्मी बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। 

लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्सटेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु रहेका छन्।