काठमाण्डौ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले थप ३ नयाँ शाखा विस्तार गरेको छ।

लक्ष्मी बैंकले ललितपुरको ललितपुर–८ पाटन सुन्धारा, काठमाण्डौको गोकर्णेश्वर–७ मूलपानी र काठमाण्डौको टोखा–३ टोखामा शाखा विस्तार गरेको हो। 

यी ३ नयाँ शाखाको स्थापनासँगै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंंकिङ एजेन्टहरु पुगेका छन्।