काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले कुल ११.५ प्रतिशतका दरले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा ९ प्रतिशतले हुन आउने ८८ लाख ३१ हजार ३०३.५६ कित्ता बोनस सेयर र २.५ प्रतिशतले हुन आउने २४ करोड ५३ लाख १३ हजार ९८८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैठकले निर्णय गरेको छ।