काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर्दै लक्ष्मी बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा आज मंगलबार सम्पन्न भएको छ। 

बैंकको सभा काठमाण्डौको हात्तीसारस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु भएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बैंकको चुक्तापुँजीको ९ प्रतिशतले हुन आउने बोनस सेयर र २।५ प्रतिशत हुन आउने नगद लाभांश गरी कुल ११।५ प्रतिशत लाभांश अनुमोदन गरेको हो। बोनस सेयर पारित भएसँगै बैंकको चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। 

सोही सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई दिइएको अख्तियारीलाई पनि निरन्तरता दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ।