काठमाण्डौ । लगातार गिरावट आइरहेको सुनको भाउमा बुधबार कारोबारको चौथो दिन झिनो सुधार आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । जसअनुसार बुधबार प्रतितोला छापावाल सुन ७० हजार ४०० रुपैयाँ र तेजाबी सुन ७० हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार तोलामा २०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७० हजार २०० र तेजाबी सुन ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता कारोबारको पहिलो दिन आइतबार प्रतितोला २०० रुपैयाँले घटेर छापावाल सुन ७० हजार ४०० रुपैयाँ र तेजाबी ७० हजार १०० रुपैयाँमा झर्यो ।

कारोबारको दोस्रो दिन सोमबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल ७० हजार ४०० रुपैयाँ र तेजाबी ७० हजार १०० रुपैयाँमै कारोबार भएको थियो ।

उता चाँदीको भाउ भने कात्तिक महिना लागेयता स्थिर छ । चाँदीको भाउ कात्तिक १ गतेदेखि ६ गतेसम्म आइपुग्दा तोलाको ८५० रुपैयाँ नै कायम छ ।