काठमाण्डौ । लगातार चार दिनदेखि स्थिर रहेको सुनको भाउ यो साता कारोबारको दोस्रो दिन सोमबार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७१ हजार ९०० र तेजाबी सुन ७१ हजार ६०० रुपैयाँमा कायम भएको छ ।

पुस महिना लागेयता सुन तोलामा ४०० रुपैयाँमात्र बढेको छ । पुस २ गते तोलामा १०० रुपैयाँ बढेको सुन एकैपटक पुस ७ गते ३०० रुपैयाँले बढेको हो ।

पुस २, ३, ४ र ६ गते भने सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ७१ हजार ६०० र तेजाबी सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

उता चाँदीको भाउ पनि पुस १ गतदेखि ४ गतेसम्म स्थिर रहँदै प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ हिजो र आज भने ५ रुपैयाँले बढेर क्रमशः ८५५ र ८६० रुपैयाँमा कारोबार भयो ।