काठमाण्डौ । लगातार दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ६०० रुपैयाँले घटर प्रतितोला छापावाल सुन ७० हजार ७०० रुपैयाँ र तेजाबी सुन ७० हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि दुई सातायता ओरालो लागेको सुनको भाउ सोमबार एकदिनै तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो । सोमबार तोलामा १ हजार १०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७१ हजार रुपैयाँ कायम भएको थियो । यसअघि कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला छापावाला सुन ७० हजार २००  र तेजाबी सुन ६९ हजार ९०० मा कारोबार भएको थियो ।

महासंघका सुनको मंगलबार र बुधबार सुनको भाउ स्थिर रहेको थियो ।