काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ यो साता कारोबारको पाँचौँ दिन बिहीबार तोलामा एकैपटक ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलमा ४०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७१ हजार २०० र तेजाबी सुन ७० हजार ९०० रुपैयाँ कायम भएको छ । यो साता कारोबारको पहिलो दिन आइतबारदेखि लगातार घटिरहेको सुनको भाउ बिहीबार बढेको हो ।

साताको पहिलो दिन आइतबार तोलामा एकैपटक ५०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७१ हजार २०० र तेजाबी सुन ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी कारोबारको दोस्रो दिन सोमबार र तेस्रो दिन मंगलबार लगातार तोलमा २०० रुपैयाँले गिरावट आएको थियो भने चौथो दिन बुधबार सुनको भाउ स्थिर रहेको थियो ।

नेपाली बजारमा सोमबार प्रतितोला छापावाल सुन ७१ हजार रुपैयाँ र तेजाबी ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार र बुधबार प्रतितोला छापावाल र तेजाबी सुन क्रमशः ७० हजार ८०० र ७० हजार ५०० रुपैयाँ कायम भएको थियो ।

उता चाँदीको भाउ बिहीबार तोलामा १० रुपैयाँले बढेर ८४० रुपैयाँ कायम भएको छ । यो साताको मंगलबार र बुधबार भने चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला ८३० रुपैयाँमा कारोबार भएको थियो ।