काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८५० रुपैयाँको उचाइमा पुगेको छ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

गत बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको थियो। गत आइतबार स्थिरत रहेको सुनको भाउ सोमबार र मंगलबार भने तोलामा समान १०० रुपैयाँले घटेको छ।

समग्रमा यो साताभरि सुनको भाउ १ हजार ८०० रुपैयाँले बढेको छ। 

आज शुक्रबार चाँदी भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि तोलामा २५ रुपैयाँ पुगेर चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

गत बुधबार तोलामै ३० रुपैयाँ बढेको चाँदीको भाउ आइतबार, सोमबार र मंगलबार भने स्थिर रहँदै १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

साताभरि चाँदीको भाउ ८० रुपैयाँले बढेको छ।