काठमाण्डौ । सुनको भाउ आज बुधबार पनि ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

साताको पहिलो दिन आइतबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार सुनको भाउ तोलामै ९०० रुपैयाँले उकालो लागेको थियो। सोमबार प्रतितोला फाइन गोल्ड ९५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले ओरालो लागेको छ। यो गिरावटसँगै आज चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ।

हिजो पनि चाँदीको भाउ ५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको थियो। गत आइतबार स्थिर रहेको चाँदीको भाउ सोमबार भने तोलामै ४० रुपैयाँ बढेर १ हजार ३२० रुपैयाँ कायम भएको थियो।