काठमाण्डौ । लगातार दुई दिन घटेको सुनको भाउ बिहीबार थोरै उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँग आज प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामै ९०० रुपैयाँ घटेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। 

गत मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो भने सोमबार तोलामा ९०० रुपैयाँ उकालो लागेको थियो। आइतबार भने सुनको भाउ स्थिर रहेको थियो। 

आज चाँदीको भाउ पनि १५ रुपैयाँले उकालो लागेर तोलाको १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो बुधबार तोलामा एकै दिन ५० रुपैयाँ घटेको चाँदीको भाउ मंगलबार पनि तोलामा ५ रुपैयाँ घटेको थियो। 

गत सोमबार ४० रुपैयाँले बढेको चाँदीको भाउ आइतबार भने स्थिर रहेको थियो।