काठमाण्डौ । मारुती सुजुकी इन्डियाले बेस्ट सेलिङ कारमा एकपटक फेरि आफ्नो दबाब कायमै राखेको छ।

पछिल्लो १ वर्षको अवधिमा टप ५ सेलिङ कारमा मारुतीका विभिन्न मोडलमात्र समावेश छन्। कम्पनीका यो एक वर्षको अवधिमा मारुतीको स्विफ्ट, बलेनो, बेगनआर, अल्टो र डिजार बिक्रीका हिसाबले टप ५ सेलिङ कारमा परेका छन्। लगातार चौथोपटक टप ५ सेलिङ कारमा मारुती सुजुकीका मोडलहरु पर्न सफल भएका हुन्। 

कम्पनीका अनुसार १ वर्षको अवधिमा १.७२ लाख युनिट बिक्रीका साथ स्विफ्ट अग्रस्थानमा पर्न सफल भएको छ। १.६३ लाख युनिट बिक्रीका साथ कम्पनीको बेलेनो कार दोस्रो स्थानमा छ भने १.६० लाख युनिट बिक्रीका साथ बेगनआर तेस्रो स्थानमा छन्।

यसैगरी चौथो स्थानमा १.५९ लाख युनिट बिक्री भएको अल्टो र १.२८ लाख युनिट बिक्रीका साथ डिजायर पाँचौँ स्थानमा पर्न सफल भएको छ। 

त्यसो त कम्पनीले गत मार्चमा मात्रै १ लाख ६७ हजार बढी युनिट कार बिक्री गरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा दोब्बर रहेको कम्पनीले जनाएको छ। – एजेन्सी