काठमाण्डौ । यो साता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि सुनको भाउमा बढोत्तरी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको थियो।

साताको पहिलो कारोबार दिन आइतबार पनि तोलामा ३०० रुपैयाँले घट्दै प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६हजार ७०० रुपैयाँ कायम भएको थियो। 

यो साता कारोबारको तीन दिनमै सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँको बढोत्तरी भइसकेको छ। गत साता लगातार घटेको सुनको यो साता भने लगातार बढिरहेको छ। 

विश्वमा कोरोना संक्रमणकाट मामिलाले पुनः तीव्रता पाउन थालेसँगै लगानीकर्ताहरुले पैसा फेरि सुनमा खन्याउन थालेकोले पनि सुनको भाउ बढ्न थालेको हुन सक्ने विश्लेषकहरु बताउँछन्। विश्वमा सुनमा गरिएको लगानी सुरक्षित मानिन्छ। यो हिसाबले लगानी बढेसँगै सुनको माग बढ्न थालेपछि भाउ बढ्दै गएको उनीहरुको ठहर छ। 

आज पन चाँदीको भाउमा उछाल आएको छ। आज तोलामै ३० रुपैयाँ बढ्दै प्रतितोला चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ पुगेको छ। 

हिजो सोमबार पनि चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको थियो। गत आइतबार भने चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको थियो।