काठमाण्डौ । यो साता लगातार बढिरहेको सुनको भाउ बुधबार घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउमा तोलामै १ हजार २०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलमै ९०० रुपैयाँको बढोत्तरी भएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो। 

सुनको भाउ गत आइतबार ३०० रुपैयाँले र सोमबार पनि ३०० रुपैयाँले नै बढेको थियो। 

आज चाँदीको भाउ पनि गिरावट आएको छ। आज तोलामै ३० रुपैयाँ घट्दै प्रतितोला चाँदी १ हजार ३६५ रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार तोलामै ३० रुपैयाँ बढ्दै प्रतितोला चाँदी १ हजार ३९५ रुपैयाँ कायम भएको थियो।