काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) माघ महिनामा बढेर १०.२६ रुपैयाँ पुगेको छ। 

खुलामुखी यो योजनाको न्याभ पुसको तुलनामा २४ पैसाले बढेको हो। गत पुसमा न्याभ १०.०२ रुपैयाँ रहेको छ। 

यो फन्डले माघसम्म सूचीकृत कम्पनीका सेयरमा पनि लगानी बढाएर ६ करोड ८२ लाख रुपैयाँ बढी पुर्याएको छ। पुससम्म फन्डले सेयरमा १ करोड १२ लाख रुपैयाँ लगानी गरेको थियो। त्यस्तै ऋणपत्रमा यो फन्डले माघसम्म २ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ। पुससम्म ऋणपत्रमा १९ लाख २० हजार रुपैयाँमात्र लगानी रहेको थियो।

यसैगरी माघसम्म सूचीकृत नभएका सेयरमा पनि यो फन्डबाट ७६ लाख २७ हजार रुपैयाँ बढी लगानी भएको छ। मुद्दति निक्षेपमा ३ करोड रुपैयाँ रहेको छ। 

फन्डले माघसम्म कुल १३ करोड ८५ रुपैयाँ बढी लगानी गरेको छ। गत पुससम्म ५ करोड ५ लाख रुपैयाँ लगानी गरेको थियो। 

माघमा यो फन्डले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत पुसमा नाफा ११ लाख ८१ हजार रुपैयाँ रहेको थियो। 

एनआईसी एसिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेका यो योजनाले ७ वटा वाणिज्य बैंक, २ वटा लघुवित्त, ५ वटा जीवन बीमा कम्पनी, १६ वटा निर्जीवन बीमा कम्पनी र एउटा अन्य समूहको कम्पनीमा लगानी गरेको छ।