काठमाण्डौ । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको छ। 

बीमा समितिले आज भदौ १० गते एक सूचना प्रकाशित गर्दै लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको हो। 

चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबमोजिम बढीमा ७ वटा लघुबीमा कम्पनी (३ जीवन बीमा र ४ निर्जीवन बीमा)को स्थापना कार्य अगाडि बढाउन प्रयोजनका लागि बीमा समितिले इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाबाट प्रस्ताव गर्न गर्न बीमा समितिले आह्वान गरेको छ। 

बीमा समितिले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन मध्याह्न १२ः०० बजेभित्र सिलबन्दी प्रस्ताव सम्बन्धित प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी बीमा समितिमा दर्ता गर्नै आग्रह गरेको छ। प्रस्तावित लघुबीमा कम्पनीको चुक्तापुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँमा नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ। 

प्रस्तावित लघुबीमा कम्पनीले गर्ने बीमा व्यवसाय लघुबीमातर्फको जीवन बीमा वा लघुबीमातर्फका निर्जीवन बीमा व्यवसाय मध्ये कुनै एक छुट्टाछुट्टै वा दुवै प्रस्ताव गर्न सकिनेछ। प्रस्तावकले यसअघि कुनै बीमा कम्पनीमा आधारभूत संस्थापक लगानीकर्ताका रुपमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र सञ्चालक समितिमा प्रतिनिधित्वसमेत खुल्ने विवरण उल्लेख गर्नुपर्नेछ।

प्रस्तावित संस्थापकहरुले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानी गर्न पाइने छैन।

प्रस्तावकले प्रस्तावित लघुबीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा बीमा समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ तथा लघुबीमा दर्ता निर्देशिका २०७९ मा व्यवस्था भएबमोजिमका संस्थापना तथा दर्तासम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरुसमेत समावेश गरेको हुनुपर्नेछ।

प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकाबाहिर प्रदेश स्तरमा रहनुपर्नेछ। छनौट मएका प्रस्तावहरुमध्ये बीमा समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ।

कम्पनीमा लगानी गर्न हस्ताक्षर गर्ने लगानीकर्ताले आफू कालोसूचीमा नरहेको प्रमाण पेस गर्नुपर्नेछ र आर्थिक वर्ष २०७७–७८ को करचुक्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ।

लघुबीमा व्यवसाय सम्बन्धमा स्पष्ट अवधारणा, वस्तुगत विश्लेषणसहित विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन, विदेशी लघुबीमा कम्पनीसँग प्राविधिक पक्षमा साझेदारी हुने गरी संयुक्त उपक्रम स्थापना सम्बन्धी समझदारी भए सोसम्बन्धी पत्र, लघुबीमा व्यवसाय सम्बन्धी कुनै दुई प्रकारको बीमालेख र सोको प्राविधिक पक्षको पृष्ठपोषण गर्ने टेक्निकल नोटका साथै लघुबीमासँग सम्बन्धित अन्य अनिवार्य पक्षहरुसम्बन्धी कागजातहरुसमेत विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन साथै राखी पेस गर्नुपर्नेछ। रीतपूर्वक पेस नगरिएको वा म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्तावउपर कुनै कारबाही हुने छैन।

प्रस्तावकले पेस गरेका प्रस्तावहरुमध्ये बीमा समितिबाट तयार हुने मूल्यांकनका आधारहरुमा उच्चतम अंक प्राप्त गर्ने जम्मा ७ वटा (३ जीवन बीमा र ४ निर्जीवन बीमा) बीमाका प्रस्तावहरुलाई समित्तिमा यसअघि दर्ता भएका प्रस्तावहरु यसै सूचनाद्वारा रद्द गरिएको छ। उक्त प्रस्तावकहरुले प्रस्तावमात्र छनोट गरिनेछ। पेस गर्न चाहेमा यसै सूचनाबमोजिम गर्नुपर्ने समितिले जनाएको छ। 

पेस भएका कुनै वा सबै प्रस्तावहरु कुनै कारण खुलाई वा नखुलाई स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बीमा समितिमा सुरक्षित सूचनामा उल्लेख छ।