काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्वक मौद्रिक नीतिको समीक्षामार्फत लचकता अपनाइएको प्रष्ट पारेका छन् । 

आज सार्वजनिक मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाको विषयमा थप प्रष्ट पार्न याक एण्ड यति होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले लचिलो मौद्रिक नीति ल्याइएको बताएका हुन् । 

उनले ब्याजदर समग्रमा १ प्रतिशत विन्दूले घटाइएको र यसले निक्षेप तथा कर्जाको ब्याज सस्तिने र आर्थिक गतिशीलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुका ग्राहकलाई कसरी सहज बनाउने भन्ने जिम्मा तिनै बैंकलाई दिनेगरी कतिपय व्यवस्था समेत भएको दाबी गरे ।