काठमाण्डौ । संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा गत मार्च १७ मा आयोजित ‘लन्डन बियर कम्पिटिसन २०२१’ मा अर्ना ८ तथा अर्ना लाइट बियरले क्रमशः  रजत र काश्य पदक हासिल गर्न सफल भएका छन्। यो विश्व बियर उद्योगमै सर्वोच्च मान्यता प्राप्त प्रतियोगिता हो।

यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो। अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कुरा कम्पनीले जनाएको छ। योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ। 

लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो। प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरुको विभिन्न विधाहरुमा मूल्यांकन गरी विजेता घोषणा गरेका थिए।

लन्डन बियर प्रतिस्पर्धाले गुणस्तरलगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवं उपभोक्ता तथा अन्य सहभागीहरुलगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ।

यस स्पर्धाका निर्णायकहरु बियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु जस्तै ः विश्लेषक, उत्पादन पक्ष, बिक्रीवितरण, व्यापार प्रवर्द्धन पक्ष, शैक्षिक क्षेत्रलगायतको प्रतिनिधित्व हुने गरी छनोट गरिएको थियो। 

अर्ना ८ ले १०० पूर्णांकमा ८५ अंक प्राप्त गरी रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइट ले ७२ अंकका साथ काश्य पदक प्राप्त गरेको छ। यो जित यति ब्रुअरीको मात्र नभई मुलुककै लागि पनि गर्वको विषय भएको कम्पनीले जनाएको छ। ‘किनकि यस नतिजाले उपभोक्ताका रोजाइका विश्वस्तरीय बियर हाम्रो मुलुकमा पनि उत्पादन भइरहेका छन् भन्ने प्रमाणित भएको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।