काठमाण्डौ । एनसेलले ललितपुरको पुल्चोकस्थित लबिम मल र काठमाण्डौको बालाजु चोकमा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएकोे छ । 

ग्राहकका लागि एकै ठाउँबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले खोलिएको यी शपहरुबाट ग्राहकले एनसेलका विभिन्न सेवा, त्यसका बारेमा जानकारी र प्रतिस्पर्धी बजार मूल्यमा मोबाईल सेटहरु खरीद गर्न सक्छन् ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बुधबार एक कार्यक्रमबीच लबिम मलस्थित एनसेल शपको उद्घाटन गरे । त्यस्तै एक छुट्टै कार्यक्रम माझ बालाजु चोकमा रहेको एनसेल शपको उद्घाटन चाहि कम्पनीका रिजनल अपरेसन निर्देशक आइबेक माखाबेतोभले गरेका थिए । 

नयाँ एनसेल शपको संचालनसँगै उक्त क्षेत्रका ग्राहकहरुले अब यी एनसेल शपबाट एनसेलका सेवा सुविधाहरु सजिलै लिन सक्नेछन्  र विभिन्न ब्राण्डका मोबाइल सेटहरु सुलभ मूल्यमा सहज खरीद गर्न सक्ने बताइएको छ । 

ग्राहकले एनसेल शपबाट नयाँ सिम कार्ड खरिद गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, इन्टरनेट तथा एमएमएस सेटिङ, ट्यारिफ परिवर्तन तथा सियुजी सेवा परिमार्जन गर्न सक्नेछन् । साथै, ग्राहकले एनसेलका सेवा–सुविधाको बारेमा सोधपुछ गर्न, रिचार्ज कार्ड खरिद गर्न, ब्यालेन्स ट्रान्सफर र अन्य सुविधा पनि लिन सक्नेछन् ।
 
‘धेरै भन्दा धेरै ग्राहक माझ एनसेलको सेवा र सुविधाको पहुँच सहज बनाउने योजना अनुरुप एनसेल शपहरु खोलिएको हो ।’एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने–‘ग्राहक अनुभवलाई अझ परिस्कृत गर्दै लैजान अन्य क्षेत्रमा पनि यस्तै शप खोल्ने योजनामा छौं ।’ 

ग्राहक सेवालाई सहज बनाउन तथा ग्राहक अनुभवलाई परिस्कृत गर्न एनसेलले देशको अन्य क्षेत्रमाव समेत एनसेल सेन्टर र शपहरु संचालन गर्दै आएको छ ।