काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा ललितपुरको नखिपोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  

शाखाको उद्घाटन बुधबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले गरे। सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरमा आश्रित बालबालिकाका लागि २० थान ब्ल्याङ्केट प्रदान गरियो। ती ब्ल्याङ्केट बैंकका अध्यक्ष ई. इच्छाराज तामाङद्वारा सेन्टरकी अध्यक्ष विष्णु थापालाई प्रदान गरियो।

उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले नखिपोटमा शाखा स्थापनासंगै व्यापार–व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिए। उनले यस क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पुँजीका लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको ससाना पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नखिपोट शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाए। उनले यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि साना तथा मझौला ब्यापार–ब्यबसायलगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जाजस्ता क्षेत्रमा लगानी बढाउने बताए। 

कार्यक्रममा बैंक अध्यक्ष तामाङले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए। 

सिभिल बैंकको हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करिब रु. ५४ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ५२ अर्ब कर्जा लगानी गरेकोे पनि बैंकले जनाएको छ।