काठमाण्डौ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ। 

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर-घर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ। लस्कर फुड्सले हाइजेनिक किचेनको अबधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो। 

काठमाण्डौ उपत्यकाका कार्यालय अफिसलाई  मध्यनजर गरी  समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए। 

लस्कर फुडस यस अफरसँगै अरु विभिन्न अफरसमेत ल्याएको छ। हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिसत छुट पाउने लस्कर फुडसले जनाएको छ। 

लस्कर फुडसले विभिन्न समयमा अन्लाइन फुड प्रतियोगितासमेतको आयोजना गरेको थियो। लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ। तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो।  

काठमाण्डौ उपत्यकावासी व्यस्त हुने र अनलाइन ई–कमर्स, फुड डेलिभरीप्रति आमनागरिकको आकर्षण बढ्दै गएपछि लस्कर फुडसले कर्पोरेट लन्च अफर अघि सारेको हो। बजारमा दर्जनौँ फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ। 

प्रभु–पे, ई–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ। 

ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सीधै फोन गरेर ०११–४७००५५४/४७००५५३ वा ९८८६५३८२६० कोर्पोरेट लन्च अफरका बारेमा बुझ्न सकिने ओस्ती बताउँछन्। लस्कर फुड्स अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन पनि सकिने उनको भनाइ छ।