काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो वैशाख ५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्। 

कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।