काठमाण्डौ । गत वर्षको लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको सञ्चालक समितिको गत असोज १५ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । जसअनुसार बैंकले साधारणसभा मंसिर ६ गते काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालयमा डाकेको छ ।

सभामा विशेष प्रस्तावका रुपमा राखिएको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँबराबरको बोनस सेयर र ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ८५ हजार ६८२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

बैंक लाभांश पारित र साधारणसभाका लागि कात्तिक २६ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार बैंकको प्रस्तावित लाभांश प्राप्त गर्नका लागि कात्तिक २५ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।