-अर्जुन तिमिल्सिना
काठमाण्डौ । दसैँ तथा तिहार र छठको कारण सेयर बजार लामो समयदेखि बन्द अवस्थामा रहेको छ ।तिहार अगाडि केहि दिनमात्रै खुलेको सेयर बजार यो साताको पहिलो कारोबार आइतबार पनि छठ पर्वको कारण बन्द छ ।
गत कात्तिक २३ गते बन्द भएको सेयर बजार अब मंसिर ४ गते सोमबार मात्रै खुल्ने छ । गत कात्तिक महिनामा सेयरबजारमा जम्मा १२ दिनमात्रै कारोबार भएको थियो ।
विभिन्न सामाजिक सञ्जाल र क्लब हाउसमा सँधै सेयरबजारको विषयमा चर्चा गर्ने लगानीकर्ताहरु आज भारत र अष्ट्रेलियाको क्रिकेट हेरेर मस्त देखिन्छन् । कोहि भने क्रिकेटको गफमा मस्त छन् ।
क्रिकेटका फ्यानहरु मध्ये कोहि भारतको पक्षमा छन् भने कोही अष्ट्रेलियाको पक्षमा देखिन्छन् ।केही लगानीकर्ता क्लबहाउसमा नै संगीत सुन्दै छन् भने कोही संगितसँगै आँफै गीत गाँउदै पनि छन् ।
क्लवहाउसमा गीत सुनाउँदै अरुण नामका लगानीकर्ताले भने, ‘म केही दिनमा पासपोर्ट बनाउन काठमाण्डौ आउँदैछु । ४० वर्ष कटेपछि रमाउँला... भन्ने गित पनि अब गीतमा नै सीमित रहने भो । म जस्ता व्यक्ति पनि पासपोर्ट बनाएर विदेशिनु परेपछि देशको अवस्था के भन्नु ? देशमा गरि खाने अवस्था भएन ।’
यस्तो कथा र व्यथा, यसअघि पनि ब्रोकर हाउसमा नै भेटिने गरेका कतिपय लगानीकर्ताहरुबाट सुनिदै आएको हो । त्यहाँ एक जना लगानीकर्ता भन्दै थिए, ‘अब सेयर बजारमा टिक्न मुस्किल भयो । केही समयको लागि विदेशिनु नै उत्तम हुन्छ ।’ अर्का एक जना लगानीकर्ता भन्दै थिए, ‘मैले कोरिया बसेर आएको सबै पैसा सेयरबजारमा लगाएँ तर लगानी अहिले सबै घाटामा नै छ ।’
क्लब हाउसमा अर्का लगानीकर्ता भन्दै थिए, ‘मैले त सेयर बजार नै भुलिसकें ।’ नेप्सेको चार्ट हेर्दै गरेका अरुण नामका लगानीकर्ताले आगामी कारोबारमा बजार १ हजार ८६५ विन्दुभन्दा माथि गएमा अपट्रेन्ड लिन्छ ।
क्लव हाउसमै केहि लगानीकर्ता भन्दै थिए, ‘भारतको अर्थतन्त्रमा क्रिकेट प्रतियोगिताको माध्यमबाट विज्ञापनबाट १२ हजार करोड भारु कमाएर सहयोग पुगेको छ । हाम्रो रंगशालामा चाहिं यतिखेर कमिला हिंडेका छन् ।’
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago