काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार सर्लाहीको लालबन्दी र मोरङ्गको बेलबारी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । 

यी थप शाखाहरुको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८०, ३ हस्पिटल सेवा काउण्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शखारहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।