काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयर खरिद आवेदन दिने आज मंगलबार अन्तिम अवसर रहेको छ ।

संस्थाले गत असोज २८ गतेदेखि बिक्री नभएको सर्वसाधारण समूहतर्फको १०० रुपैयाँ अंकित ५६ हजार ५६१ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।

संस्थाले गत साउन २१ गतेदेखि भदौ २३ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये अवितरित सेयरहरु यसरी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २ हजार ५०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

संस्थाले न्यूनतम प्रतिशत १०० दर राखेको हुँदा लगानीकर्ताले सोभन्दा माथि बोलकबोल गरी गोप्य बोलपत्र पेस गर्नुपर्ने छ ।

संस्थाले चुक्तापुँजी रु. ११ करोड ४ लाख ५७ हजार ५०० मूल्यबराबरको १:१ सेयर अनुपापतमा निष्कासन गरेको हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो ।

संस्थाले गत असार २४ नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन तथा वितरणको अनुमति पाएको थियो ।

यो हकप्रद बिक्रीपछि संस्थाको चुक्तापुँजी रु २२ करोड ९ लाख १५ हजार पुग्नेछ।